कैलालीमा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

दार्चुला –  कैलालीमा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बुधबार दिउँसो ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका–६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.