Suvakamana

सुन तस्करी प्रकरणमा भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस

काठमाडौं– सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् ।

उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । सीआईबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको आयोगको बुझाइ रहेको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।

भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपनि अख्तियार त्योविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

Leave A Reply

Your email address will not be published.