प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं– थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले उक्त आदेश गरेको थियो। आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्।

दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो।

फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्। पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो। मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.