काठमाडौँ– सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले बढेर आज १ लाख २५ हजार २ सय कायम भएको हो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।