मन्त्रिपरिषद्ले पायो पूर्णता, १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त (सुचीसहित)

दार्चुला ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

 

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ ।

 

 

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।

 

 

Leave A Reply

Your email address will not be published.