कञ्चनपुरमा सशस्त्रका पूर्व वरिष्ठ हवल्दार भाट मृत फेला

काठमाडौं– कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन्। आज (मंगलबार) सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका– ४ का भाट घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए। सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए।

हालै भारतबाट फर्किएका उनी आज मृत फेला परेका हुन्। स्रोतका अनुसार उनी पारिवारिक समस्याले समेत ग्रसित थिए। अहिले प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.