कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण

काठमाडौं— कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै कँडेलले कर्णालीको समृद्धिको पक्षमा काम गर्ने बताए ।

‘पदभार ग्रहण गर्दा ठुलै निर्णय गर्नुभन्दा पहिला सबै बुझेर आवश्यकताका आधारमा काम गर्ने योजना छ,’ उनले भने, ‘चर्चामा आउनलाई जे पनि निर्णय गरिदिने चलको अन्त्य गर्छु ।’ सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेलले आज एक्लै शपथ लिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.