काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्य केन्द्रविन्दु कैलालीको अत्तरियामा कोहिनुर दोहरी साँझ सन्चालनमा आएको छ ।
दिनभरिको थकान र तनाव मेट्नका लागि पारिवारिक वातावरण सहित अत्याधुनिक सजावटमा कोहिनुर दोहरी साँझ सन्चालनमा आएको हो । अत्तरियाका स्थानीय युवा व्यवसायी हरिश बमले दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।
दोहरी साँझको बुधबार एक कार्यक्रमका बिच सञ्चालकका जेठा दाइ प्रेम बम, लोकप्रिय गायक चक्र बम, गायक लाल बहादुर धामी अछामी बड्डो, गोदावरी होटेल व्यबसायी संघका अध्यक्ष लक्ष्मण धामी र अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खड्काले संयुक्त रूपमा उदघाटन गरेका थिए ।
दोहरीले यस क्षेत्रमा स्वास्थ मनोरञ्जन दिने सञ्चालक बमले बताएका छन । उद्घाटन कार्यक्रममा गायक सौगात ओझा, सुरेश कौशल, लाल बहादुर धामी लगाएतले प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको सञ्चालन उद्घोषक केपी कलौनीले गरेका थिए ।