२१ वर्षीया युवतीमाथि खुकुरी प्रहार,एक जना पक्राउ

दार्चुला । अछाममा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको साफेबगर नगरपालिका–६ भागेश्वरकी २१ वर्षीया शैलेजा आउजीमाथि एक युवकले खुकरी प्रहार गरेका हुन्।

शनिबार राति घरमै बसेका बेला सोही नगरपालिकाको वडा नम्बर ३ सिद्धेश्वरका २२ बिजय आउजीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनापछि गम्भीर घाइते भएकी युवतीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। भने, बिजयलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.