ट्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन

दार्चुला । बैतडीमा हिजो राति ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने, एकजना घाइते भएकाछन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ बर्षिय योगेश पाल रहेकाछन् ।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गोकुलेश्वर बाट सतवाझ आउदैँ गरेको ट्याक्टर गयराति साडे १२ बजे दोगडाकेदार गाउँपालिका –३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएकाछन् ।

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागी जिल्ला अस्पताल बैतडी पु¥याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको पुष्टि गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताउनुभयो ।

ट्याक्टर सडक भन्दा १सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.