कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

काठमाडौं– कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.