चौंसेरामा रहेको सोलार पम्प सिँचाइमा तोडफोड

दार्चुला-बैतडीको डिलाशैनीस्थित सोलार सिँचाइमा तोडफोड भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चौंसेरामा रहेको सोलार पम्प सिँचाइमा तोडफोड भएको हो। चौंसेराको पूर्णिमा कृषि फार्मको सोलार सिँचाइको प्यानलहरुमा शुक्रबार अज्ञात व्यक्तिले क्षति पुर्याएको स्थानीय किसान देबेन्द्रबहादुर मालले बताए।
प्रदेश कृषि निर्देशनालय डोटीको ५० प्रतिशत अनुदामा ५ लाखको लगानीमा गत वर्ष निर्माण गरिएको सोलार पम्प सिँचाइबाट चौंसेराका १५ परिवारले करिब ३० रोपनीमा सिँचाइ गर्ने गरेको मालले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.