काठमाडौं– बझाङबाट एक जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शनिबार बझाङको बित्थडचिर गाउँपालिका–६ की २१ वर्षीया बसन्तीदेवी धामीको हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
शल्यक्रिया गरी बच्चा जन्माएकी धामीको पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएपछि रक्तस्राप भएपछि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको जनाइएको छ ।