काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं– काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको हो । सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि बिहानैदेखि ग्राहकको लामो लाइन छ । उपत्यकाका अधिकांश जसो पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ ।

पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक र सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् ।

जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए । हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन् ।

Leave A Reply

Your email address will not be published.