दार्चुलाको अपिहिमाल र मार्मा गाउँपालिकामा विद्यालय सञ्चालन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा सोमबार देखि विद्यालय सञ्चालन भएका छन् ।

कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले विद्यालयहरु घटस्थापनादेखि असोज ३१ गतेसम्म ११ दिन मात्रै बन्द गर्ने निर्णय गरिएको मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

अपिहिमाल गाउँपालिकाले पनि असोज २१ गतेदेखि ३१ गतेसम्म विद्यालयहरुलाई दशैंबिदा दिएको र आज बाट नियमित रुपमा विद्यालय सञ्चालन हुने जनाएको छ ।

त्यस्तै जिल्लाको नौगाड गाउँपालिकाले विद्यालयहरुलाई असोज २० गतेदेखि कात्तिक २ गतेसम्म विदा दिएको छ । कात्तिक ३ गते देखि नौगाड गाउँपालिकामा पनि विद्यालय नियमित रुपमा सञ्चालन हुने छन ।

महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकामा पनि कार्तिक ४ गते विद्यालय सञ्चालन हुने समन्धीत स्थानीय तहहरुले बताएका छन ।

 

Leave A Reply

Your email address will not be published.