कञ्चनपुरमा चितुवाको आतंक

दार्चुला –  कञ्चनपुरको बेलडाँडी क्षेत्रमा चितुवाले आतंक मच्चाएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले बेलडाँडी गाउँपालिका क्षेत्रमा दिउँसै ७ पशु चौपाया मारेको छ। गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रा गरी सात बढी चौपाया चितुवाले मारेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बताउनुभयो। शनिबार मात्रै बेलडाँडी गाउँपालिका वडा नम्बर २ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको थियो।
साथै सोही ठाउँका शंकरदत्त भट्टको गोठमै रहेको बाच्छीलाई समेत घाइते बनाएको छ। तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.