प्रधानन्यायाधीश चोलेन्द्रले सोमबारका लागि बोलाएको बैठक अनिश्चित

दार्चुला –     प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएको बैठक अनिश्चित बनेको छ ।
आइतबार नै फुल कोर्ट बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरू थप रणनीति तय गर्न छुट्टै छलफलमा जुटेपछि फुल कोर्ट अनिश्चित बनेको हो ।    प्रधानन्यायाधीश जबराविरुद्ध मोर्चाबन्दी गरेका न्यायाधीशहरूले सर्वोच्च अदालतको बेन्चसमेत अघोषित रुपमा बहिष्कार गरेका छन् । सोमबार तोकिएका सातवटा इजलासमा पनि कुनै मुद्दाको सुनुवाइसमेत हुन सकेको छैन ।
सर्वोच्चमा सोमबारका लागि एकल संयुक्त र पूर्ण गरी सातवटा इजलास तोकिएको थियो । तर कुनै पनि इजलासमा मुद्दाको सुनुवाइका लागि न्यायाधीश पुगेनन् ।
सर्वोच्चका पाँचजना न्यायाधीश भने काठमाडौं बाहिर छन् । न्यायाधीश सपना प्रधान मल्ल धनगढीमा छिन् ।  न्यायाधीश ईश्वर खतिवडा अमेरिका रहेका छन् । भने न्यायाधीश अनिल सिन्हा सुर्खेतमा छन् ,तेजबहादुर केसी बुटवलमा छन् । अर्का न्यायाधीश कुमार चुँडाल मुगुमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.