ओलीलक्षित प्रचण्डको टिप्पणी- ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गर्नुहुन्छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गरेको टिप्पणी गरेका छन् ।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भएकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ । जबकी माओवादी जनयुद्ध भनेर संविधानमै लेखिएको छ । यसलाई हामी निष्कर्षमा पुर्याउँदैछौं । ति घटनामा हामीले गरेको छलफलहरु भएका सहमतिहरुलाई भुल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाउँदा बोल्ने क्रममा प्रचण्डकै अगाडि हिंसात्मक द्वनद्व भनेका थिए । त्यसप्रति माओवादी नेता कार्यकर्ताले चर्को आलोचना गरेका थिए ।

जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रियाको मुख्य कारण भएको जिकिर गरे । उनले थपे, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो भने संसरकै मोडेल शान्ति प्रक्रिया सम्भव हुने थिएन । त्यसैले अहिले हामी पछाडि फर्किने होइन, संविधान संशोधन र राजनीतिक स्थिरताको नाममा ।’

Leave A Reply

Your email address will not be published.