राज्यका निकायमा दलितलाई बेवास्ता गरिएको भन्दै माइतीघरमा हातखुट्टा बाँधेर प्रदर्शन

काठमाडौं– सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई गरिएको घृणा विरुद्ध हातखुट्टामा नेल लगाएर माइतिघरमा धर्ना सुरु गरेका खगेन्द्र सुनारले हातखुट्टा बाँधेर प्रदर्शन गरेका छन्र । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका सयोजक सुनार सहितका युवाले माइतीघर मण्डलामा शनिवार हातखुट्टा बाँधेर प्रदर्शन गरेका हुन् ।

राज्यका हरेक निकायमा सामाजिक रुपमा पछाडी पारिएका, राजनीतिक रुपमा प्रतिनिधित्व विहिन भएका समुदाय, वर्गको उत्थानको लागि गरिएको संवैधानिक र कानूनी अधिकारलाई बेवास्ता गर्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र वर्तमान कांग्रेस एमाले सहितको केपी शर्मा ओली नेतृत्वको गठबन्धनको सरकारले दलित समुदायमाथीको घृणा विरुद्ध नेल लगाएर धर्ना जारी राखेकोमा आज हातखुट्टा बाँधेर प्रदर्शन गरिएको अभियानका संयोजक सुनारले बताए ।

उनले भने, ‘करिब १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायको उपेक्षा गर्दै सरकार गठन, राजनीतिक नियुक्ति आरक्षण, समानुपातिक समावेशी व्यवस्था तथा दलित समुदायको विरुद्ध भएकाले विभिन्न मागसहित, हात खुट्टामा नेल लगाई अनिश्चितकालिन धर्ना जारी रखिएको छ । आज हातखुट्टा बाँधेर प्रदर्शन गरेका छौ ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.