बैतडीमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

दार्चुला – बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ। गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।

अभियान अन्तर्गत कात्तिक ९ र १० गते पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। यस्तै‚ कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ।

कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। खोप प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाइने छ।

खोप लगाउँदा स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ। खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा हुनुपर्ने छ। बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.