रवि लामिछानेसँग सोधपुछ सुरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग सोधपुछ सुरू गरेको हो ।

उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको समिति सचिवालयले जनाएको छ ।

छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने राजनीतिमा आउनु अगाडि रवि लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।

Leave A Reply

Your email address will not be published.