तनहुँ बस दुर्घटना- १६ जनाको पोष्टमार्टम सकियो, भारतीय एयरफोर्स जहाजले चितवनबाटै शव लैजाने

काठमाडौं– पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले पोष्टमार्टम गरिरहेका छन् । दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । यहाँबाट शव लिएर माहाराष्ट्रको नसिक जाने जानकारी आएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.