गोकुलेश्वरमा खैरो हिरोइन सहित तीन जना पक्राउ

दार्चुला– दार्चुलामा खैरो हिरोइन सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खैरो हिरोईन सहित पक्राउ परेका हुन् ।

शुक्रवार राती साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरका इन्चार्ज प्रहरी निरक्षक किशोर ऐरीले जानकारी दिनुभयो । प्रहरी निरक्षक ऐरीले भाद्र ४ गतेबाट गोकुलेस्वर ईप्रकाको जिम्मेवारी सम्हालेका थिए।उहाँका अनुसार यो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.