दार्चुला – जिल्लामा तिहार पर्व लाई मध्यनजर गरी राति साढे आठ बजे पछि देउसी भैलो नखेल्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
शान्ति सुरक्षालाई मध्यनजर राख्दै राति ८ः३० बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको बताउनु भयो ।
यस्तै तिहारमा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह गरिएको र यदि कसैले पटाका ओसारपोसार, विक्रीवितरण तथा पड्काएको भेटिए सार्वजनिक मुद्दासम्म चलाउने जनाइएको छ।
उहाँका अनुसार बेलुकी ५ बजे देखि राती ८ः३० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ ।