कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं– कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार चट्याङ लागेर दोधाराचाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लाझाडी गाउँपालिकाकी– १ २८ वर्षीय हिरामती रानाको मृत्यु भएको हो ।

रुखमा ओत लाग्ने क्रममा सुनारलाई चट्याङ लागेको थियो भने रानालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाकै २ जना घाइते पनि भएका छन् ।

घाइते हुनेमा ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार रहेका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायव प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीले जानकरी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.