बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन

काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ ।

न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको र सोमबार नै दर्ता हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

नेपाल बारका अध्यक्ष घिमिरेले आफूविरुद्ध मुद्दा दर्ताको तयारी भएको जानकारी आफूकहाँ पनि पुगेको बताए । गत शुक्रबार सर्वोच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको विषयमा आफूले दिएको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दर्ता गर्न लागिएको जानकारी प्राप्त भएको घिमिरेले बताए ।

मेरो एउटा भाषणको विषयलाई लिएर अवहेलना मुद्दा दर्ता हुन गइरहेको छ भन्ने सुनेको छु । काठमाडौं बारमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न लागिएको रहेछ । हामीले न्याय परिषद्सम्बन्धी नियमावली विरुद्ध आन्दोलन गरिरहेका छौं, त्यो विषय नसुनीकन न्यायाधीश नियुक्ति गरिएपछि प्रश्न गरेको थिए,उनले भने, ६ जना रिक्त पद हुँदा किन दुई जनालाई मात्रै नियुक्ति सिफारिस गरियो ? के हिसाबकिताब मिलान गरिएको हो ? भन्ने प्रश्न गरेको थिए ।

बारले पटकपटक उठाएका विषय सम्बोधन नगरी प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेकोमा आफूले विरोध जनाएको घिमिरेको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.