हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी

खाेप
HEALTH

काठमाडौं– हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनले पक्राउ पुर्जी कहिले जारी भएको भने बताएनन्। स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो।

आत्महत्या

पक्राउ पुर्जी जारी भएकाले अब शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको एसएसपी खनालले बताए। ‘हामी खोजिरहेका छौँ’, उनले भने।

यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।

Susite

हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो। प्रहरीले हनी ट्र्यापमा संलग्न युवतीसहित ३ जनालाई पक्राउ गरिसकेको छ।

घटना बाहिर आएपछि इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो। त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन्।

शाही निलम्बनमा रहेकाले उनी कहाँ छिन् भन्नेबारे थाहा नभएको जवाफ प्रहरीले दिइरहेको छ।

यो घटनामा आरोपीहरू पक्राउ पर्न थालेको झन्डै तीन साता भएकाले प्रहरीले अबको केही दिनभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइ सक्नुपर्ने छ।

सोही कारण शाहीलाई फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाउन सक्ने पनि अनुमान हुन थालेको छ। यो घटनामा प्रहरीले आरोपी पक्राउ पर्न थालेको २५ दिनभित्र अदालतमा अभियोग पत्र दायर भइसक्नुपर्ने छ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.