सुनको मूल्य एकै दिन दुई हजार बढेर फेरि तोड्यो रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।

बिहीबारको रेकर्ड ब्रेक गर्दै छापावाल सुनले नयाँ रेकर्ड बनाएको हो । बिहीबार छापावाल सुन एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.