सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

खाेप
HEALTH

काठमाडौं- तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरेका छन् ।उनले अरु पार्टीले जस्तै कम्प्रमाइज गरेको भए आफू पक्राउ नै नपर्ने दाबी गरेका छन् ।

आत्महत्या

“उनीहरूले जस्तै सम्झौता गरेको भए पक्राउ पर्दैनथिए । तर, हामीले कुनै पनि सम्झौता गरेनौँ,” लामिछानेले भने, “रविलाई जसरी पनि हामी थुन्छौँ भन्ने सम्झौता भएको मलाई थाहा छ । नेपाली जनताको आशा र भरोसामाथि जुन प्रहार भएको छ हामी सामना गर्दैछौँ । यसका विरुद्ध खुलेर लड्नका लागि आह्वान गर्दछु ।”

Susite

उनले अदालतबाट न्याय पाउने भए पनि त्यहाँसेटिङ गर्न सक्ने भन्दै राज्यको दादागिरीविरुद्ध लड्न अपिल गरेका छन् । “म सम्मानित अदालतबाट न्याय पाउने छु ।

हुन त अदालतमा पनि सेटिङ गरेर थुन्छौँ कहाँ उम्कन दिन्छौँ भन्ने होलान्,” लामिछानेले भने, “तर, आदरणीय जनसमुदाय मैले अपराध गरेको छैन । राज्यले गरेको दादागिरीलाई डटेर सामना गर्न अपिल गर्दछु ।”सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।

समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवैजनालाई कारबाही सिफारिस गरेको थियो ।

जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकेको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.