सन् २०२२ को घुम्नैपर्ने १० उत्कृष्ट देशमा नेपाल आठौँ स्थानमा

दार्चुला – विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशमा नेपाल आठौँ स्थानको सूचीमा परेको छ ।

विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ ।
नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ ।

घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस छ । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ।

पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परे पछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

 

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.