दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ,भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाकाे शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षिय बिरेन्द्र रावल, साेही ठाउँका २८ वर्षिय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षिय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षिय संजिव बाेहरा र भारतकाे उत्तर प्रदेश विजनाैर जिल्लाका ४५ वर्षिय माेहमद सफिर र साेहि जिल्लाका १८ वर्षिय माेहमद बसिम रहेकाे दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे ।
मृतक मध्ये ४ जनाकाे घट्ना स्थलमै तथा ३ जनाकाे उपचारका क्रममा गाेकुलेश्वर अस्पतालमा मृत्युु भएको बताईएकाे छ । मृतक ७ जना मध्ये १ जनाकाे सनाखत हुन सकेकाे छैन ।
शैल्यशिखर नगरपालिका -६ काे बगजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे । मालिकार्जुनबाट गाेकुलेश्वरतर्फ गईरहेकाे जीप बिहान ४ बजेतिर दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।
घाइतेहरुकाे स्थानीय गाेकुलेश्वर अस्पतालमा उपचार भईरहेकाे छ । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जीप दुर्घटनामा परेकाे हाे ।