काठमाडौंबाट रामेछाप गइरहेको गाडी दुर्घटनाः ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं– काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

रामेछापकै गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.