सुदूरपश्चिममा ९ हजार बढीले गरे मतदान

काठमाडौं– सुदूरपश्चिमका पाँच वटा स्थानका लागि भइरहेको स्थानीय तहको उपनिर्वाचनमा अपराह्नसम्म ९ हजार बढी मत खसेको छ। आइतबार दिउँसो ३ बजेसम्म ९ हजार २०७ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष, कञ्चनपुरको भीमदत्त नगरपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि मतदान भइरहेको हो।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार अहिलेसम्म नौ हजार दुई सय सात मत खसेको छ। मतदान शान्तिपूर्ण रूपमा भइरहेको भट्टले जानकारी दिए। यहाँ १७ हजार ४६० मतदाता छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.