गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई आंगिक क्याम्पस बनाउन माग

दार्चुला–बैतडीमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस बनाउन माग गरिएको छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखक नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजलाई आंगिक क्याम्पस बनाउन माग गरेको नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताउनु भयो ।

लेखकको नेतृत्वमा गएको टोलीले गोकुलेश्वर क्याम्पस दुर्गम क्षेत्रको प्राविधिक बिषय पढाइ हुने क्याम्पस भएकाले यसलाई आंगिक बनाउनुपर्ने माग गरिएको सभापति जोशीले बताउनु भयो ।

नेता लेखकसंगै प्रधानमन्त्रीलाई भेट्न कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट , नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी, नेविसंघका पूर्व केन्द्रिय सदस्य जनक भट्ट, क्याम्पस प्रमुख परमानन्द जोशी लगायतका व्यक्तिहरु बालुवटार पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.