सुदूरपश्चिमका ९ ओटै जिल्लामा रास्वपाले टुङ्ग्यायो पार्टी अध्यक्ष

काठमाडौं–सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जिल्ला समितिहरू गठन गरेको छ । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको हो ।

कैलालीको जिल्ला अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन् । त्यस्तै, कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट, दार्चुलामा गोपालसिंह कोट्टारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी र बैतडीको अध्यक्षमा भीम नाथ चयन भएका छन् ।

अध्यक्षहरूसँगै जिल्ला समिति पनि गठन गरिएको छ । रास्वपाले पछिल्लो समय संगठन विस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.