काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकार आफैँ नांगिँदै गएको आरोप लगाएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीति परिवेशको ब्रिफिङ गर्दै उनले आफू प्रधानमन्त्री हुँदा सुरू गरेको कामलाई कांग्रेस\एमाले सरकारले पन्छाउँदै लगेको जिकिर गरे ।
प्रचण्डले भने, ‘हामीले सुरू गरेका कामहरू र सुशासनको थालनीलाई सरकारले पन्छाउँदै गइरहेको छ । सरकार र यसको काम जनताको पक्षमा छैन, जनताहरू खुसी छैन अहिलेको सरकारसँग । केपी ओली सरकार आफैँ नांगिदै गइरहेको छ ।’
प्रचण्डले एमालेले प्रतिशोध साँधेकाले शान्ति प्रक्रियाले गति लिन नसकेको पनि आरोप लगाए ।