पुर्चौडिमा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दार्चुला– बैतडीको पुर्चौडिमा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड खेदकुद प्रतियोगिता सुरु भएको छ । पुर्चौडि नगर पालिका १ स्थित त्रिवेणी धाम कमल विशाल पार्क मा आयोजित प्रतियोगिताको पाटन नगर पालिका प्रमुख गौरि सिंह रावल ले उद्घाटन गरेका छन् ।

पुर्चौडि खेलकुद विकास संघ का अध्यक्ष अमिर ओडको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख दिपक बहादुर बम,निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार कुवर, शिक्षा शाखा प्रमुख सुरेन्द्र प्रशाद जोशी, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पार्टी प्रतिनिधि, सुरक्षा कर्मि, समाजसेवी, पत्रकार, कलाकार, शिक्षाप्रेमि,समाजसेवी,खेल प्रेमि, जिल्ला, प्रदेश र राष्ट्रीय रेप्फ्रि,शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङशिल्ड व्यवस्थापन समिति सदस्य दिनेश नागरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा साखा प्रमुख सुरेन्द्र प्रसाद जोशीले व्यक्त गरे । माघ ५ गते सम्म चल्ने प्रतियोगितामा नगरभित्रका विभिन्न १९ वटा विद्यालयका विद्यार्थीबिच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा हुने पुर्चौडि नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

उद्घाटनकै दिन विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराइएको शिक्षा साखा कम्प्यूटर अपरेटर करन भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.