ताप्लेजुङ घटनापछि पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो

काठमाडौं– कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा आउन आह्वान गरेको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।

सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए ।

ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.