दार्चुला-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले एकैदिन जिल्लामा दुईवटा नयाँ क्याम्पस कमिटि गठन गरेको छ । बुधबार आज राष्ट्रिय क्याम्पस दत्तु र लटिनाथ क्याम्पस मार्मामा नयाँ क्याम्पस कमिटि गठन गरेको हो । अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाको संगठन विस्तारका क्रममा दुईवटा क्याम्पसमा कमिटि गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्रप्रसाद जोशीले दिनुभयो ।
आज महाकाली नगरपालिका वडा ९मा रहेको राष्ट्रिय क्याम्पस दत्तुमा गठन गरिएको नयाँ क्याम्पस कमिटिको अध्यक्षमा हिरा धामी, उपाध्यक्षमा पृया टमटा,सचीवमा पार्वती भाट,सह सचिबमा कल्पना चैसिर,कोषाध्यक्षमा कमला क्षेत्री रहने गरी १३ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको छ ।
नेरास्ववियु दार्चुलाका संगठन विभाग प्रमुख खडक सिंह ठगुन्नाको उपस्थितिमा क्याम्पस कमिटि गठन गरिएको हो । यस्तै अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको उपस्थितिमा मार्मा गाउँपालिका वडा ३मा रहेको लटिनाथ क्याम्पस मार्मामा पारस विष्ट संयोजक र अन्जु धामी सह संयोजक रहने गरि ८ सदस्यिय क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनिभयो ।
सम्मेलन आयोजक कमिटीको प्रथम बैठकले आगामी फागुन पहिलो साताभित्र क्याम्पस सम्मेलन र स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष जोशीेले जानकारी दिनुभयो । हिजो मात्रै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नमबर ९ मा रहेको सुदूरपशिचम विश्वविद्यालय, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले क्याम्पस कमिटी गठन गरेको थियो ।