दार्चुला- दार्चुला राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ लाई भव्यतापूर्वक मनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका कार्यबाहक समन्वय प्रमुख खडक सिह धामीको अध्यक्षमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको प्रजातन्त्र दिवस समारोह समितिको बैठकले विभिन्न निर्णय गदैँ प्रजातन्त्र दिवस,लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
बैठकले दिवसको अवसर पारेर फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । बैठकले फागुन ६, ७ र ८ गते साझ जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान ,तथा संघ संस्थाका कार्यालयहरुमा राष्ट्रिय झण्डा सजाउने,साझ सम्पुर्ण कार्यालय र जिल्लाबासीका घरघरमा दिप प्रज्वलन गर्ने निर्णय गरेको छ ।
यस्तै फागुन ६ गते जिल्ला अस्पताल दार्चुलामा रक्तदान कार्यक्रम, फागुन ६ गते विहान साढे ८ बजेतिर सदरमुकाम खलंगा स्थित मालिकार्जुन मन्दिर परिसर घाटबजार तथा मुख्यचौक बजारहरुमा सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
फागुन ७ गते विहान साढे ७बजे ब्यानर तथा पोष्टकार्ड र खुल्लामञ्च व्यवसथापन गर्ने र सोही दिन ८ बजे विहान प्रभातफेरीसंगै खुल्लामञ्चमा सभाको आयोजना गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । बैठकले ७ गते नै शौक्षिक सामग्री वितरण कार्यक्रम समेत आयोजना गरेको छ । यसका लागि सरकारी तथा गौरसकारी प्रमुख , सुरक्षा निकाय महाकाली नगरपालिका ,सर्वसाधारणहरुलाई जिम्मेवारी तोकिएको छ ।