भगवती स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क छातिको एक्सरेबाट २०७ जनालाई सेवा

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा—२ मा रहेको भगवती स्वास्थ्य चौकीमा निःशुल्क एआई प्रविधिबाट छातिको एक्सरे खोजप्डताल कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य निर्देसनालय,डोटी र स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोग तथा मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार आज शिविरको आयोजना गरिएको क्षयरोगमुक्त अभियानका पालिका संयोजक माधव सिह धामीले जानकारी दिनुभयो ।
“क्षयरोग मुक्त मालिकार्जुन” अभियानअन्तर्गत अत्याधुनिक प्रविधिको प्रयोग गरि एआई प्रविधिबाट छातिको एक्सरे संगै खकार संकलन गरिएको उहाँले बताउनु भयो । भगवतीमा सम्पन्न शिविरबाट २०७ जना महिला पुरुषले सेवा पाएका छन ।
जसमध्ये २९ जनाको खकार संकलन गरिएको पालिका संयोजक धामीले बताउनु भयो । संकलन गरिएको खकारको नमुनालाई जिनएक्पोटका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ ।
शिविर पर्सि ७ गतेसम्म संञ्चालन हुनेछ । फाुगन ६ गते वडा ५ अन्तरर्गत डाडाकोट स्वास्थ्य चौकी र फागुन ७ गते वडा ३ अन्तरर्गत मालिकार्जुन स्वास्थ्य चौकीमा शिविर संञ्चालन हुनेछ । यो अभियान गत वर्ष देखि जिल्लाको मालिकार्जुन गाउँपालिकामा मात्रै लागू गरिएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टले यस परीक्षणबाट क्षयरोग मात्र नभई छातीसम्बन्धी अन्य समस्याहरूको पनि पहिचान गर्न सकिने भएकाले सहभागिताका लागि आग्रह गरेका छन ।
शिविरमा (मधुमेह), मुटुका रोगी उच्चरक्तचाप स्वासप्रश्वास दमका रोगीहरुलाई पनि शिविरमा आउन भनिएको छ ।यस्तै गर्भवती सुत्केरी र दैनिक धुम्रपान र मध्यपान गर्ने जस्ता रोगसग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तीहरुले समेत शिविरमा आएर सेवा लिन गाउँपालिकाले पालिकाबासीहरुमा आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.