दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका वडा नं—३ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई २५ हजार पुरस्कार दिने भएको छ । अगामी चैत्र ७ गते देखि संञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने वडा समितिको बैठकले निर्णय गरेको छ ।
आज मंगलबार बसेको वडा समितिको बैठकको निर्णय अनुसार वडाभित्र रहेका माध्यमिक विद्यालयका विद्यार्थीहरु मध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वडाको तर्फबाट २५ हजार पुरस्कार दिने निर्णय गरिएको वडा अध्यक्ष देवबहादुर बमले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बमका अनुसार वडाभित्र रहेको जनविकास मावि बारबाज, र गणेशमावि सिमलीमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार दिने निर्णय गरिएको उहाँले बताउनु भयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मुख्य तीनवटा विषय अंग्रेजी गणित र विज्ञान विषयमा ३ं३ जिपिए ल्याउने विद्यार्थीलाई ५ हजार ३ं।६ जिपिए ल्याउने विद्यार्थीलाई १५ हजार र ३ं.६ जिपिए भन्दा माथि अकं ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ पुस्कार दिने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पढाईमा विद्यार्थीलाई हौसला बढाउन पुरस्कार प्रदान गरिन लागेको वडा अध्यक्ष देवबहादुर बमले जानकारी दिनुभयो । दुहुँ गाउँपालिकाभरी जम्मा १९ वटा सामुदायिक र २ वटा संस्थागत गरि २१ वटै विद्यालयहरु रहेका छन ।
अहिले दुहुँ गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा दैनिकजसो शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थी सम्मिलित भेला तथा अन्तरक्रिया कार्यक्रम गरी माध्यमिक शिक्षा परीक्षा(एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने गरी पालिकाभरी तयारी तिब्र पारिएको छ ।