डोटीको नमादेब मा.वि. साउदकाडामा ३ लाख ४४ हजार बढीको अक्षयकोष स्थापना

दार्चुला – डोटिको आदर्श गाउँपालिका वडा नम्बर २ मा अवस्थित नमादेब माध्यमिक विद्यालय साउदकाडामा दुई जनाले ३ लाख ४४ हजार ४ सय ४४ रकम बराबरका अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस को अवसरमा आदर्श गा.पा.२ बाहुनकाडा निवासी श्री नन्दराज ओझा,
श्री देबिलाल ओझा र मगलेक मा.बि. का प्र. अ. श्री भोज राज ओझले आफ्ना स्वर्गीय बुवा डन्डीराज ओझा र आमा भागरथि देवी ओझाको नाममा रु.२,२२,२२२ को अक्षय कोष स्थापना गर्नुभएको हो

त्यस्तै आदर्श गाउँ पालिका वडा नम्बर -२ कारिङ्या पुन्नाइजर निवासी  उक्त बिद्यालयका पुर्व प्रधानाध्यापक श्री मान बहादुर खड्काले आफ्नी स्वर्गीय आमा कलसी देवि खड्काको नाममा रु एक लाख बाईस हजार दुई सय बाईस (१,२२,२२२) रकमको ´´स्वर्गीय कलसी देवी खड्का स्मृति अक्षय कोष“ स्थापना गर्नु भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद,र विशिष्ट अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल,रहुनु भएको थियोे कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक जनप्रतिनिधि र कलाकार हरिसुदामा जैशी को प्रस्तुती र विद्यालयका विविध सास्कृतिक प्रस्तुति रहेको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए।

दाताले प्रदान गरेको रकम अक्षयकोषको रूपमा रहने र उक्त रकमको वार्षिक ब्याजबाट जेहनदार, गरिब तथा विपन्न विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए।

Leave A Reply

Your email address will not be published.