टिचिङ अस्पतालका निर्देशक भन्छन्-जारको पानी किनेर अप्रेसन गरिरहेका छौँ

काठमाडौं– २० फागुन, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पताल (टिचिङ)को सेवा प्रभावित बनेको छ । अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार अहिले जारको पानी किनेर अप्रेसन भइरहेको छ ।

‘अस्पतालको दुई वटा नै बोरिङ बिग्रिएको छ । अस्तिदेखि प्राविधिक खटाउँदा बनाउन सकिएको छैन,’ डा। आचार्यले भने, ‘ केयूकेएलका निर्देशकसँग पानी दिन हिजो दिनभर फोन गरेँ । तर तीन घन्टा मात्रै पानी छोड्दा हामीलाई समस्या भयो ।’

डा.आचार्यका अनुसार केयूकेएलले हिजो राति ८ बजे देखि ११ बजेसम्म मात्रै पानी दिएको छ । ‘बेलुकी ८ बजेदेखि २ बजेम्म पानी दिँदा अस्पतालको ट्याकी भरिन्थो’ डा। आचार्यले भने ‘हिजै दिनसक्दिन भनेको भए अर्को व्यवस्था गर्थ्यौँ । केयूकेएलको बदमासीले हामीलाई थप समस्या भयो।’

अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ । हिजोदेखि नै पानीको समस्या समधान गर्न लागिरहेको डा. आचार्यले जानकारी दिए।

पानीको अभावमा बिरामीको उपचारमा कुनै समस्या नपरेको उनले दाबी गरे । ‘जारको पानी किनेर अप्रेसन थियटर र नर्मल स्लाइन लगेर ओटी सर्जरी गरिरहेका छौं,’ डा.आचार्यले भने, ‘ ट्यांकरमा पानी ल्याएर व्यवस्थापन गरिहेका छौं ।’

अस्पतालका एक कर्मचारीले पानी अभावमा सरसफाई प्रभावित भएको बताए । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्ने गरेको छ । अरु घरधनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।

केयूकेएल स्रोतले भन्यो, ‘अस्पतालमा पानी आपूर्ति बन्द भएको थाहा पाएपछि गएको रातभरि पानी पठाइएको छ । थप आवश्यक परे ट्याङ्करबाट पनि पठाउने छौँ । अझै पनि केही समस्या रहेछ भने समाधानको तत्काल पहल गर्छौं ।’

Leave A Reply

Your email address will not be published.