दार्चुला । हरेक वर्ष एक जना पत्रकारलाई दिदैँ आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ पत्रकार इन्द्र सिह साउदलाई प्रदान गरिने भएको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको निर्णय अनुसार यस वर्षको सिर्जनशील पत्रकारिता पुरस्कार साउदलाई प्रदान गरिन लागिएको हो ।
सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष पदम सिंह बडालले बताउनु भयो ।
२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई यो पुुुरस्कार प्रदान गर्दै आएको छ । सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुन लागेका साउँद रेडियो कालापनी एफएममा कार्यरत रहेका छन । यो पुरस्कारबाट हालसम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए ।
यस्तै, ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामी तथा ०७७ मा विरादत्त भट्ट ,०७८मा लक्ष्मण सिह धामी ०७९ मा सुन्दर सिह धामी र ०८०मा हरिप्रसाद जोशीलाई उक्त पुरस्कार प्रदान गरिएको छ । २०६८ सालदेखि हाल सम्म साउद सहित १४ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका कार्यकारी निर्देशक शंकर सिह धामीले जानकारी दिनुभयो ।