देवथलीमा नारी दिवस मनाउन भेला भएका महिलाको मनकारी मन

दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं —७ देवथलीका महिलाहरुले मोटरसाइकल दुर्घटनाबाट घाइते भएका केशबदत्त जोशीको उपचारमा आर्थिक सहयोग गरेका छन । ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर मनकारी महिलाहरुले उपचारत जोशीलाई आर्थिक सहयोग गरेका हुन ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली (कोटमा) घर भइ हुनैनाथ मावि देवथलीका अध्यक्ष जोशीको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको स्थानीय महिला मिना जोशीले जानकारी दिनुभयो । जोशीको परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि नारी दिवस मनाउन भेला भएका महिलाहरुले आर्थिक सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।  दिवस मनाउन भेला भएका १८ जना महिलाले ६ हजार ७४०रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ ।

यस्तै शैल्यशिखर नगरपालिका वडा नं —७ को वडा कार्यालयबाट नारी दिवस मनाउनका लाग छुट्टाएको ३ हजार रुपैयाँ समेत घाइते भएका केशबदत्त जोशीको उपचारमा आर्थिक सहयोग गरेको अर्की महिला मन्जु जोशीले बताउनु भयो । वडा कार्यालय र स्थानीय महिलाको गरी जम्मा ९ हजार ७४० रुपैयाँ आर्थिक सहयोग रकम उठाई रहेका महेशराज जोशी मार्फत राजु प्रसाद जोशीको खातामा जम्मा गरिएको उहाँले बताउनु भयो ।

यहि फागुन १९ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ थकतोलीमा मोटरसाइकल दुर्घटनामा परी घाईते भएका जोशीको मेरुडण्डको हड्डी भाचिएको र मिर्गोलाको समेत समस्या भइ डाइलासेस गर्नुपर्ने भएकाले उपचारमा आर्थिक अभाव भएको आफन्तहरुले बताएका छन । उपचारमा सहयोग गर्न इच्छुकले राजु प्रशाद जोशीको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर २९७०५३०००००४५१ अर्थात क्यूआर मा सहयोग गरिदिन अपिल गरिएको छ । जोशीको हाल नेपालगंन्ज मेडिगल कलेजमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.