जिल्ला कमिटि अध्यक्ष सहित तीन जना नेताहरुको जिम्मेवारी हेरफेर

दार्चुला । दार्चुलामा नेकपा एमालेले तीन जना नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार आज वडास्तरीय जरा अभियान मुल समितिका संयोजक तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाको संयोजकत्वमा बसेको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती बन्दीलाई नौगाड गाउँपालिका साथै महलाकाली नगरपालिकाको सहजकर्ताको थप जिम्मेवारी दिने निर्णयगरेको छ । यस्तै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि प्रचार विभाग सदस्य खडक सिह बडाललाई महाकाली नगरपालिकाको सहजकर्ताको थप जिम्मेवारी प्रदान गरिएको गरिएको जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । महाकाली नगरपालिका वडा ८का बहादुर सिह खातीलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ ।

वडास्तरीय जरा अभियान कार्यक्रमलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इचान्र्ज गणेश सिह ठगुन्नाले पालिका सहजकर्ताको समन्वयमा नियमित कार्यसंञ्चालनमा सहजीकरण गर्ने ,आवश्यक ठाउँमा सहभागि हुने तथा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ३मा थप सहजीकरण गर्ने बैठकले निर्णय गरेको एमाले दार्चुलाले जनाएको छ । जिल्लामा एमालेले गत माघ १८ गते देखि अगामी चैत्र २० गतेसम्म जराकेन्द्रित अभियान संञ्चालनमा राखेको छ ।

Leave A Reply

Your email address will not be published.