दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते शिक्षकको निधन 

दार्चुला– दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षक केशव राज जोशीको उपचारका क्रममा निधन भएको छ। मालिकार्जुन गाउँपालिका–८, थकतोलीमा मोटरसाइकल दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका–७, देवथली घर भई मालिकार्जुन आधारभूत विद्यालय, पौनेखोलामा कार्यरत ३६ वर्षीय जोशी गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थाका जोशीको उपचारका क्रममा शनिबार बिहान काठमाडौंको ट्रमा हस्पिटलमा निधन भएको हो। उनको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेका पत्रकार गणेश धामीले जानकारी दिए । दुर्घटनामा परेर जोशीको खुट्टा र कम्मरमा गम्भीर चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ।

Leave A Reply

Your email address will not be published.