दार्चुलामा (एसइई) परीक्षा दुई परीक्षा केन्द्रको जिम्मा महिलालाई

एसइईको सबै तयारी पूरा

दार्चुला । दार्चुलामा पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुईजना महिलाले केन्द्राध्यक्षको जिम्मेवारी पाएका छन्। विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनीहरूले केन्द्राध्यक्षको समेत जिम्मेवारी पाएका हुन् । १७ परीक्षा केन्द्रमध्ये दुई महिला केन्द्राध्यक्ष रहेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका सुचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

जिल्लाको दुहुँ गाउँपालिकामा रहेको जनविसका मावि बारबाज विद्यालयका प्रधानाध्यापक शान्ती बोहरा, र जिल्ला सदरमुकाम खलंगामा रहेको छान्ना तिंकरी कन्या माविका प्रधानाध्यापक गिता कुवरलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको उहाँले बताउनु भयो । केन्द्राध्यक्षको जिम्मेवारी पाएका महिला केन्द्राध्यक्षले जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन ।

आफूहरूले शान्त र मर्यादित रूपमा परीक्षा सञ्चालन उनीहरुले प्रतिक्रिया दिएका छन । यता जिल्लामा (एसइई) सबै तयारी पूरा भएको छ। केन्द्राध्यक्ष केन्द्रमा खटिइसकेका छन् भने प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित स्थापना पुगिसकेको छ । केन्द्राध्यक्ष केन्द्रमा खटिइसकेका छन् भने प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित स्थापना पुगिसकेको छ ।

प्रश्नपत्र भने जिल्लामा रहेका जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा पठाइसकिएको छ। जिल्लामा १७ वटा परीक्षा केन्द्र कायम गरिएको छ। गत वर्ष १६ परीक्षा केन्द्र थिए । जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण सम्पन्न भइसकेका छ। जिल्लामा ७६ विद्यालयका ३ हजार दुई सय ३७ जना परीक्षामा सहभागी हुनेछन् ।

जिल्लामा यो वर्ष नियमिततर्फ छात्र १हजार ४४ जना र छात्रा ९९१ गरी नियमित साधारण तर्फ २ हजार ३५ जनाले परीक्षा दिने छन । यस्तै प्राविधिक धारतर्फ छात्र ६७ जना छात्रा ७६ जना गरी कुल जम्मा १४३ जनाले परीक्षामा भाग लिने भएका छन । ग्रेडबृद्धि तर्फ छात्र ४८४ जना छात्रा ५७५गरी कुल जम्मा १ हजार ५९ जनाले परीक्षा दिने छन ।

जिल्लामा यो वर्ष पुरानो कोर्षको विद्यार्थीको लागी एउटै केन्द्र निर्धारण गरिएको छ ।शौक्षिक सत्र २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै यो बर्ष प्राविधिक धार तर्फको परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको क र ख केन्द्र बाट संञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयले हिमालय मावि हुती, जन विकास मावि बारबाज, महेन्द्र नमुना मावि खलंगा “क र ख” मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर “क र ख” छान्ना तिंकरी कन्या मावि, शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट, सरस्वती मावि उकु, मालिकार्जुन मावि मड, लटिनाथ मावि चौपाता, कृष्ण मावि बलाँच, तपोबन मावि पडपडा, गणेश विनायक मावि सिप्टी र लटिनाथ मावि खार विद्यालयमा परीक्षा केन्द्रहरु निर्धारण गरेको छ । परीक्षा सुरक्षित निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

Leave A Reply

Your email address will not be published.