मालिकार्जुनमा कक्षा ८ कोबार्षिक परीक्षाको नतिजा प्रकाशित

दार्चुला।  मालिकार्जुन गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षाफल प्रकाशित गरेको छ। गत फागुन २५ गतेबाट सञ्चालन भएको गाउँपालिका स्तरीय कक्षा ८ उत्तिर्ण बार्षिक परीक्षाको अन्तीम नतिजा प्रकाशन गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लोकन्द्र सिंह धामीले बताउनुभयो । चैत्र ४ गते सम्पन्न भएको परीक्षा फल मंगलबार आज प्रकासित गरिएको उहाँले जानकारी दिनुभयो ।

यो बर्ष गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८ जना विद्यार्थीले आधारभुत तह कक्षा ८ उत्तिर्ण बार्षिक परीक्षामा सहभागी भएका थिए । ग्रेडवृद्धि परीक्षा चैत्र २० र २१ गते सञ्चालन हुने बताइएको छ । साथै नतिजा पुर्नयोग गर्न चाहने विद्यार्थीहरुले चैत्र ८ गते सम्म विद्यालय समय भित्र विद्यालयको सिफारिसहित गाउँपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.